नेपाल मगर संघ नवलपुरले कावासोतीमा महोत्सव गर्ने




कावासोती । नेपाल मगर संघ नवलपुरले कावासोतीमा महोत्सव गर्ने भएको छ ।

मगर संघले कावासोतीमा मंसिर १ गतेदेखि ११ गतेसम्म महोत्सव गर्ने भएको हो । मगर संघले कावासोतीमा पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गराएको थियो ।




प्रथम नवलपुर मगर सांस्कृतिक, कृषि पर्यटन तथा व्यापारिक महोत्वसको सहआयोजकमा मगर संघका सम्पूर्ण भातृ संगठन र मगरका पालिका स्तरीय समितिहरु रहने जनाइएको छ ।

मगरहरुको कला, संस्कृतिक, भाषा, भेषभुषाको संरक्षणका लागि महोत्सव आयोजना गर्न लागिएको नेपाल मगर संघ नवलपुरका सचिव नम्सु सुनारी मगरले जानकारी दिए । महोत्सवमा मगरका साथै विभिन्न जातजातिको कला सस्कृति झल्कने स्टल, प्रर्दशनीका साथै, व्यापारिक स्टल, पर्यटन सम्बन्धी स्टलहरु, जनजातिका खाना स्टलहरु आदि रहने छन् ।

पत्रकार सम्मेलनमा नेपाल मगर संघका केन्द्रिय सदस्य देवीसरा पुलामी मगर, नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठ, नवलपुर होटल व्यवसायी संघका अध्यक्ष सन्तोष राना मगर, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पत्रकार सम्मेलन नेपाल मगर संघ नवलपुरका अध्यक्ष भुम राई मगरको अध्यक्षतामा भएको थियो । नेपाल मगर संघले नवलपुरमा पहिलो पटक महोत्सव गर्न लागेको हो ।



सम्बन्धित
Loading...