पाल्पा रानीमहलबाट फर्कदै गरेको जिप दुर्घटनामा, नवलपरासीका एकै परिवारको ६ जनाको निधन
नवलपुर । पाल्पाको रानीमहलबाट फर्कदै गरेको जिप दुर्घटनामा परी ६ जनाको निधन भएको छ । जिपमा सवार ७ जना मध्ये ६ जनाको निधन भएको हो ।
निधन भएका सबै एकै परिवारका हुन् । दुर्घटनामा पुर्वी नवलपरासी देबचुली नगरपालिका १६ का अन्दाजी ५५÷६० वर्षिया पार्वती लोहनी, ६५ वर्षिय कृष्ण लोहनी, ११ वर्षिय सविस लोहनी, अढाई वर्षीय इशव लोहनी, ३५ वर्षिया सविना धिताल र लमजुङ्ग बेशीशहर २ की ५५ वर्षिया चुना धितालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले बताए ।
दुर्घटनामा परि घाइते चालक ३६ वर्षीय र्इश्वर लोहनीको तानसेन स्थित युनाईट मिशन अस्पतालमा उपचार भैरहेको छ ।
पर्यटकिय स्थल रानीघाट दरबार पुगेर फर्किएको बाग्मती प्रदेशको ०१—०२६ च — ७२०९ नम्बरको स्कारपियो जिप बैकुण्ठेभिरबाट खोलामा खसेको हो ।
जिप सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।









