संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रस बुद्धजन्मस्थल लुम्बिनीमा


भैरहवा मंसिर १४ –
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रस बुद्धजन्मस्थल लुम्बिनी आईपुगेका छन् । महासचिव गुटेर्रस पोखरा वाट विमानमा गौतमबुद्ध अन्तराष्ट्र्यि बिमानस्थलमा अवतरण गरेपछि हेलिकप्टर मार्फत लुम्बिनी आईपुगेका हुन ।
लुम्बिनी आईपुगेका महासचिव गुटेर्रसलाई प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड , संस्कृती पर्यटनमन्त्री सुदन किराती , लुम्बिनी प्रदेशका मुख्यमन्त्री दान बहादुर चौधरी, लुम्बिनी बिकास कोषका उपाध्यक्ष ल्यारकाल लामा लगायतको टोलीले स्वागत गरेका थिए ।
हेलिप्याड देखि ४ नं गेट हुदै सान्ती दिप पुगेका गुटेर्रसलाई लुम्बिनी होटल संघका पदाधिकारीहरु , स्थानिय आमा समुहहरु , लुम्बिनी सांस्कृतीक नगरपालिकाका मेयर उपमेयर लगायत जनप्रतिनीधीहरुको टोलीले स्वागत गरेका थिए ।
गुटेर्रस लुम्बिनीमा एक घण्टा ३० मिनेट बिताउने छन्। महासचिव गुटेर्रसले मायादेवी मन्दीरमा फुल र खादा चडाउने कार्यक्रम छ । त्यसपछि पत्रकारहरु समक्ष बिश्व शान्तीको कामना संगै आप्नौ भ्रमणको औपचारीक सन्देश दिने कार्यक्रम छ ।
गुटेर्रसको सुरक्षालाई मध्यनजर गर्दै लुम्बिनी बिकास कोषले चार र पांच नं गेट देखी भित्र प्रवेश गर्न , मायादेवी मन्दीर , कपाल मुण्डन क्षेत्र र शान्तीदिप वरपर बिहान ६ बजे देखी ११ बजे सम्म सर्वसाधारणलाई प्रवेश निषेध गरेको छ ।