नवलपुरमा २ जनाको वेवारिसे शव फेला




नवलपुर । पूर्वी नवलपरासीमा २ जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको गैडाकोट १३ अविनास ह्याचरी निर नारायणी नदी किनारमा १ जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको हो ।




नाम थर नखुलेको पुरुष व्यक्तिको शव नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा फेला परेको हो । मृतकको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल भरतपुर पठाइएको जनाइएको छ ।

त्यसैगरी यता जिल्ला प्रहरी कार्यालय नवलपुरको कार्यालय नजिकै कावासोती ८ मा एक जना पुरुषको शव फेला परेको छ ।

हिजो साँझसम्म कावासोतीमा घुमिरहेका अन्दाजी ४०-४५ बर्षीय मधेषी मुलका जस्ता देखिने एक जना पुरुषको अाज मृत अवस्शथामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद पौडेलले बताए ।



सम्बन्धित
Loading...