छिमेकीको गाउँले मलामी गएका पुरुष नारायणीमा वेपत्ता




रामकुमार श्रेष्ठ –

नवलपुर । छिमेकी गाउँलेको मलाम गएका एक जना पुरुष नारायणी नदीमा वेपत्ता भएका छन् ।




कावासोती ७, साँढ निवासी ४० बर्षीय खेमनारायण महतो वेपत्ता भएका हुन् । कावासोती १३ घोसरघाटमा मलामी गएका उनी साथीहरुसँगै नारायणीमा पौडिएर नारायणी पार गर्ने क्रममा वेपत्ता भएका हुन् ।

उनको दिनभर खोजी कार्य गरे पनि फेला नगरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
उनलाई सशस्त्र प्रहरी, स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी, निकुञ्जको हात्ती र डुंगा समेत लगाएर खोजे पनि फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

वेपत्ता महतोको खोली भोलि विहानैबाट पुन गरिने र भोलि गोताखोर समेत परिचालन गरिने जनाइएको छ ।



सम्बन्धित
Loading...