नवलपुरका मिटरब्याजी पीडित संगठित, कडा आन्दोलनमा उत्रिने

कावासोती । नवलपुरका मिटरब्याजी पीडितहरु संगठित भएका छन् । आज कावासोतीमा मिटर ब्याज पीडितहरुको भेलाले मिटर व्याज तथा ठगी बिरूद्ध किसान मजदुर संघर्ष समिति नवलपुरमा गठन गरेको छ । भेलाले गोमा घिमिरेको नेतृत्वमा ११ सदस्सीय समिति निर्माण गरेको छ ।
जिल्लामा मिटर व्याज व्याप्त भएको जिल्ला प्रशासन कार्यलय, नवलपुरमा २१ जनाले उजुरी दर्ता गराए पनि धेरैको उजुरी माथि कारवाही नभएको उनीहरुले गुनासो गरेका छन् । मिटरव्याजीलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयले तदारुकता नदेखाएको भन्दै संघर्ष समितिले आन्दोलन चर्काउनु परेको अध्यक्ष गोमा घिमिरेले बताए ।
आफू मिटरव्याजसंग सम्बन्धित नभए पनि पीडितहरूको आँसु देख्न नसकेपछि अघि बढेको घिमिरेले बताए।
नवलपुरसहित देशभरि ३७ वटा जिल्लामा यस्तो संघर्ष समिति बनेको र तिहार, छठ पछि आन्दोलन चर्काउने मिटर व्याज तथा ठगी बिरूद्ध मजदुर किसान संघर्ष समिति नेपालका केन्द्रीय प्रवक्ता निर्घ नविनले बताए ।
नवलपुरमा भने छिट्टै नै बैठक बसी आन्दोदनको कार्यक्रम तय गर्ने जिल्ला अध्यक्ष गोमा घिमिरेले बताइन् ।।
कार्यक्रम मंगलबार कावासोती १६ स्थित दलित सामुदायिकको सभाहलमा तयारी समितिका संयोजक लोकप्रसाद भूर्तेलको अध्यक्षतामा भएको थियो ।