कावासोतीको सिद्धार्थ आवासीय माविद्वारा जाजरकोटका भुकम्प पीडितलाई १ लाख सहयोग



रामकुमार श्रेष्ठ –

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा रहेको सिद्धार्थ आवासीय मावि कावासोतीले जाजरकोटमा गएको भुकम्प पीडितहरुका लागि १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।



भुकम्पबाट प्रभावितहरुको सहयोगार्थ राहत स्वरुप सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा सेवारत सम्पूर्ण शिक्षक कर्मचारीहरुबाट एक दिन बरावरको पारिश्रमिक गरी ५२ हजार २ सय रुपैयाँ, कक्षा पाँचदेखि दशसंम्म अध्ययनरत विद्यार्थीहरुबाट स्वेक्षिक रुपमा संकलित २० हजार ६ सय रुपैयाँ र विद्यालय व्यवस्थापनबाट २७ हजार २ सय रुपैयाँ गरी १ लाख रुपैयाँ उपलब्ध गराएको विद्यालयका प्रिन्सिपल भोजराज दाहालले बताए ।

उक्त रकम राष्ट्रिय वाणिज्य वैंकमा रहेको प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषको खाता नं ११३०१००००३७६२००१ मा जम्मा गरेको दाहालले बताए ।


सम्बन्धित
Loading...