राप्तीमा बाघको आक्रमणबाट एक जनाको मृत्यू

राप्तीमा बाघको आक्रमणबाट एक जनाको मृत्यू
रत्ननगर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट शुक्रबार एक जनाको मृत्यू भएको छ ।
लोथर खोलाको किनारमा घाँस काट्न गएका सो नगरपालिका वडा नं १ दुविचौरका ४३ बर्षिय हरि पौडेलको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
श्रीमति सहित गाउँलेहरुसंग घाँस काट्न गएका उनलाई बाघले आक्रमण गरेको थियो ।
पौडेलसंग गएकी उनकी श्रीमति र गाउँलेहरुले भने भागेर ज्यान जोगाएका छन् ।
राप्ती नगरपालिका खण्डमा बाघले आक्रमण गरेको भएपनि पौडेललाई निकुञ्ज भन्दा बाहिर मनहरी क्षेत्रको चौरमा लगेर बाघले मारेको प्रहरीले जनाएको छ ।