राजतन्त्र कुनै हालतमा फर्कदैन, गणतन्त्रलाई मजबुद बनाउनु पर्छः देउवा
रामकुमार श्रेष्ठ —
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा अब नेपालमा राजतन्त्र कुनै हालतमा नफर्कने बताएका छन् ।
सोमबार नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै काँग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भने हामी (काँग्रेस) लाई अब पूर्व राजा राजाको रुपमा चाहिएको छैन ।”
सभापति देउवाले राजाको पक्षमा आन्दोलन चलिरहेको बेला आफूलाई राजाको विषयमा किन बोलेन भनेर सबैले भन्ने गरेपनि संविधानले हटाइसकेको राजाको बारेमा बोल्नुको औचित्य नभएर आफू नबोलेको जिकिर गरे ।
उनले भने हामीलाई राजतन्त्र चाहिंदैन, संविधानले राजा फालिसकेको छ । यसको विषयमा बोल्नुको अर्थ छैन, अब कुनै पनि हालतमा राजा फर्कदैन ।
देउवाले भने, ‘कसैले चाहँदैमा अब राजतन्त्र फर्किदैन । सार्वभौम संविधान सभाको निर्णयले गणतन्त्रको स्थापना भएकाले अब राजतन्त्र फर्किने कुनै सम्भावना छैन ।’ उनले अब संघीयता र लोकतान्त्रिक संविधानलाई बलियो बनाउनु पर्नेमा जोड दिए । गणतन्त्रलाई मजबुद बताउनु पर्नेमा समेत उनले जोड दिए ।
काँग्रेस सभापति देउवाले धर्मनिरपेक्षताको विषयमा भने पुर्नविचार गर्न सकिने बताए । उनले भने – धर्मनिरपेक्षताको विषयमा छलफल गर्न सकिन्छ । तर राजतन्त्र कुनै हालतमा फर्कदैन, गणतन्त्रलाई मजबुद गराउनु पर्छ ।