एमालेको संकल्प यात्रा विथोल्न खोज्ने उदयपुरबाट पाँच जना पक्राउ

उदयपुर, मंसिर २६ –
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संकल्प यात्रा विथोल्न खोज्ने उदयपुरको घुर्मीबजारबाट पाँचजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाका अनुसार मंगलबार कटारी नगरपालिका–१४ मा पर्ने घुर्मीबजारबाट पक्राउ परेका हुन् ।
थापाका अनुसार कोशी प्रदेशको पुन नामकरणको माग गर्दै संकल्प यात्राको ओखलढुंगाको हर्कपुरबजार आयोजना हुने एमालेको आमसभा रोक्ने खोजेको आरोपमा पाँच जना पक्राउ परेका हुन् । उनले भने, ‘पाँचै जना एमालेको संकल्प यात्रा विथोल्न खोज्नेहरु हुन, व्यक्तिको नाम एकिन भएन हालसम्म पाँच जना पक्राउ परेका छन् ।’
एमालेको संकल्प यात्रालाई कोशी प्रदेशमा रोक्ने घोषणापछि सडकमा उत्रिएका पाँच जना उदयपुरबाट पक्राउ परेको एसपी थापाको भनाइ छ । एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रीत संकल्प यात्रालाई रोक्न भन्दै पहिचान पक्षधरले पहाडी जिल्लामा बन्द आह्वान गरेका थिए ।
एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रमममा आज मंगलबार कोशी प्रदेशको ओखलढुँगा जिल्लामा पर्ने हर्कपुर बजारमा आमसभा कार्यक्रम रहेको थियो । nayapatrika.com bat