मलेसियामा आफ्नै नेपाली साथीको हत्या गरेर आएका युवक काठमाडौँमा पक्राउ




काठमाडौँ । मलेसियामा नेपालीको हत्यापछि काठमाडौँ आएका युवकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–५ घर भएका २४ वर्षीय अनिल कुमार शाह छन् ।

मंसिर २५ मा मलेसियामा उनले झापाको शिवसताक्षी नगरपालिका–३ घर भएका ४० वर्षीय धन बहादुर प्रधानको हत्या गरेका आरोप छ । प्रधान र आरोपी एक वर्षदेखि मलेसियामा एउटै कम्पनीमा कार्यरत थिए ।




मलेसियामै कार्यरत मृतकका आफन्तले दिएको सूचनाको आधारमा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) कुमोध ढुंगेलले बताए ।

मुलुकी अपराध संहिताले दिएको बहुक्षेत्रीय अधिकार प्रयोग गरेर प्रहरीले इन्टरपोल मार्फत मलेसियन प्रहरीसँग समन्वय गरेर हत्याको अनुसन्धान थालेको छ । आरोपीलाई जिल्ला अदालत काठमाडौँले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।



सम्बन्धित
Loading...