कावासोती बालविवाहः ४० बर्षे पुरुषले २० बर्षको भनि छुक्काएर गरेका थिए बालविवाह, ३० हजार जरिवाना र ३ बर्ष कैद हुन सक्ने

रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा १६ बर्षीय बालिकाको आफन्तलाई ललाईफकाई विवाह गर्ने ४० बर्षीय पुरुषले आफ्नो उमेर २० बर्ष हो भनेर झुक्याएर विवाह गरेको पाइएको छ ।
प्रहरीले अहिलेसम्म गरेको अनुसन्धानको क्रममा बालिका र उनको आफन्तलाई कुनै प्रलोभन दिएको नपाइए पनि बालिकाको आफन्तलाई उमेर झुक्याएको र बालिकाको आमाले बालिकालाई विवाह नगरे आफूले आत्महत्या गर्नेसम्मको धम्की दिएर बालिकाको विवाह गराएको खुलेको छ ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० मगरकोटमा ४० बर्षीय पुरुषसँग १६ बर्षीया बालिकाको जबरजस्ती विवाह गराएको आरोपमा बेहुवा सहित ५ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पक्राउ पर्नेमा ४० बर्षीय बेहुवा र विवाह गराउन ललाइफकाइ गर्ने सहित ५ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले बालविवाह भएको भन्ने सूचना प्राप्त गर्ना साथ विवाह गर्ने र गराउने ५ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले बताए । प्रहरीले पक्राउ परेकाको भने नाम सार्वजनिक गरेको छैन ।
उनीहरुलाई मुलुकी अपराध संहित २०७४ को दफा १७३ बमोजिम कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । शर्माले भने ३० हजार जरिवाना वा ३ बर्ष कैद हुन सक्दछ ।
बालिकाको आमा, बेहुला र लमीको काम गर्ने ३ जना सहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका माथि अनुसन्धान भईरहेको शर्माले बताए ।
प्रहरीले अनुसन्धानको क्रममा आमालाई बहुला २० बर्षको हो भनि झुक्याएर विवाह गर्न लगाएको आमाले बयान दिएको जनाएका छन् । शर्माका अनुसार आमाले २० बर्षको केटा हो भने पछि विवाह गर्न आफूले छोरीलाई करकाप गरेको स्वीकार गरेको बताए ।
बालिकाको भाउजुले बालिकाको विवाह गरेको थाहा पाएपछि विवाहको ३ दिन पछि नन्दलाई फर्काएर लकेकी थिइन । बालिका फर्काएर लगेपछि बेहुलाले साँझ मादकपदार्थ सेवन गरी बेहुवाले बालिकाका आफन्तलाई धम्काउन थालेपछि उनीहरुले प्रहरीकोमा उजुरी गरेका थिए ।
बालिकाका पक्षले बहुलालाई जवरजस्तीकरणीको उजुरी भने नगरेको प्रहरीले जनाएको छ । बेहुवाको दोस्रो विवाह भए पनि पहिलो श्रीमती विगत १०÷१२ बर्षदेखि वेपत्ता भएको बेहुवाले बताएको र वेपत्ता पहिलो श्रीमतीको २०७२ सालको भुकम्पमा निधन भएको खबर पाएको समेत बेहुवा पक्षले बताएको प्रहरी निरीक्षक साजन शर्माले बताए ।