जनकल्याण माविद्वारा टोल सरसफाई




पूर्वी नवलपरासीको कावासोती १ रिठ्ठेपानी स्थित जनकल्याण माध्यमिक विद्यालयले सचेतनामूलक ¥याली तथा वृहत टोल सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले आफ्नो ३४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको पुर्व सन्ध्यामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

वुधवार सम्पन्न उक्त कार्यक्रममा कावासोती १ का वडाध्यक्ष तवारक अहमद मियाको विशेष आतिथ्यता रहेको थियो भने पूर्व तथा वर्तमान जनप्रतिनीधिहरुको उल्लेख्य सहभागीता रहेको थियो ।




त्यसैगरी कार्यक्रममा टोल विकास सँस्थाका प्रतिनीधिहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरु , शिक्षक अभिभावक सँघका पदाधिकारी तथा सदस्यहरु ,आमा समुह , विद्यार्थी , शिक्षक लगायत स्थानीय प्रवुद्ध व्यक्तित्वहरुको पनि सहभागीता रहेको थियो ।

वडाध्यक्ष तवारक अहमद मियाले व्यानर पढेर औपचारिक उद्घाटन गर्नुभएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गिरीराज गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रधानाध्यापक गिरीले स्वागत मन्तव्य राख्नुहुँदै विद्यालय र समुदाय वीचको सम्वन्ध प्रगाढ राख्नुका साथै विद्यालयको सामुदायिक जिम्मेवारी निर्वाह गर्ने उद्देश्यले सचेतनामूलक ¥याली तथा वृहत टोल सरसफाई कार्यक्रम आयोजना गरिएको वताउनुभयो ।

¥यालीले विद्यालय सेवा क्षेत्रका साँग्रिला चोक, समावेशी चोक , कैलाश चोक हुँदै मिलन चोकको परिक्रमा गरेको थियो । ¥यालीको क्रममा घर आँगन सफा राखौँ, फोहोरहरु जथाभावी नफालौँ,प्लाष्टिकहरु नजलाऔँ, पुराना सवारी वन्द गरौँ, हरित वातावरण स्वस्थ जीवन लगायतका नाराहरु लगाइएको थियो भने सचेतनामूलक प्ले कार्डहरु समेत प्रदर्शन गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशा गैरे व्लोनले ¥यालीको औपचारिक समापन गर्नुभएको थियो ।

विद्यालयले वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसर पारेर विद्यार्थी तथा अभिभावक लक्ष्यित सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । पौष ५ गते विहीवारका दिन विद्यालयले आफ्नो ३४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह समेत सम्पन्न गर्ने भएको छ । समारोहमा गण्डकी प्रदेश सभा सदस्य तथा साँसद रोशन गाहा मगरको प्रमुख आतिथ्यता रहने विद्यालयले जनाएको छ ।



सम्बन्धित
Loading...