पाेखरामा मध्यराति कारकाे ठक्करबाट दुई जनाकाे मृत्यु

पोखरामा गए राति कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।
गए राति १ बजेतिर पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङस्थित सिद्धार्थ बैंकअगाडि बागलुङ बसपार्कबाट जिरो किमितर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
कारको ठक्करबाट मृत्यु हुनेमा बागलुङ ढोरपाटन नगरपालिका ६ घर भई हाल पोखराको नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र अर्का एक अन्दाजी ३५ वर्षका पुरुष छन् ।
उनीहरूको उपचारका क्रममा पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने कार वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा रहेको छ । कार चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।