किराँत समुदायले आज उधाैली पर्व धुमधामसँग मनाउँदै


किराँत समुदायको उल्लेख्य बसोबास रहेकाे ताप्लेजुङमा आज चासोक तङ्नाम (उधौली पर्व) धुमधामका साथ मनाइँदै छ ।



नयाँबाली पाकेपछि पहिले प्रकृतिलाई चढाउने (न्वागी खाने) अनि मात्रै मानिसले प्रयोग गर्ने किराँत समुदायको परम्परा छ ।

लिम्बू समुदायमा आदिमकाल देखि नै न्वागी पूजा गरी अन्नप्रति सम्मान गर्ने परम्परा छ ।




अन्नलाई किराँत समुदायले माङ् (देवता) का रुपमा मनाउने गर्दछ ।

धान पाक्ने मौसम कात्तिक देखि धान्य पूर्णिमा सम्म नै पाकेको अन्नबालीलाई थान थापेर पूज्ने र प्रकृति देवीलाई चढाउने गरिन्छ ।



सम्बन्धित
Loading...