प्रधानमन्त्री कार्यालयमा ६८ दरबन्दी कटौती, सचिव संख्या ५ बाट ३

काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ६८ दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्मााले अब प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती हुने जानकारी दिइन् । उनका अनुसार कार्यालयमा हाल सचिव दरबन्दी ५ रहेकोमा घटाएर ३ मा झारिएको छ ।
यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं. २०७४ चैत १४ गते मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचना गरिएको थियो । ओली नेतृत्वको सरकारले त्यतिखेर सचिवहरूलाई स्वार्थअनुसार उपयोग गर्न सचिव दरबन्दी बढाउँदै ५ पुर्याएको थियो ।