बालकुमारी घटनाः सुर्खेत र दैलेखमा चक्का जाम




दैलेख । गएको शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनालाई लिएर आइतबार वीरेन्द्रनगरमा र दैलेखमा पुनः आन्दोलन चर्किएको छ ।

‘युवा विद्रोही’ समूहले आइतबार दैलेख बजारबाट सुर्खेत तथा ग्रामिण भेगका जाने सवारी साधन ठप्प पारेका छन भने सुर्खेतमा पनि सवारी साधन ठप्प गर्दै राजधानीको मुख्य सडक चक्काजाम गरेको छ ।




सुर्खेत विरेन्द्र नगरको रत्न राजमार्ग अन्तर्गत एरिचोक–मंगलगढी चोकको अवस्था अहिले तनावग्रस्त छ । त्यहाँ कुनैपनि सवारी साधनहरू चलिरहेका छैनन् ।यही ठाउँमा शनिबार पनि आन्दोलन गरिएको थियो । शनिबार नै समूहले आइतबार सुर्खेतमा सवारी साधन बन्द गर्ने घोषणा गरेको थियो ।

सोही अनुसार अहिले दिउँसो १२ बजेदेखि आन्दोलन सुरु हुँदा यातायातका साधन पुर्ण रुपले ठप्प भएका छन् । आन्दोलनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन् । साथै मृतक युवाहरूलाई सहिद घोषणाको माग गरेका छन् । त्यस्तै पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालन पालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने पनि युवाहरूको माग छ ।

सोही आन्दोलनमा विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा मृतकका आफन्तहरू सहभागी छन् । आन्दोलनकारीहरूले टायर बाल्ने काम पनि गरिरहेका छन् । आन्दोलन भइरहेको ठाउँमा प्रहरी तैनाथ भइरहेको छ ।आन्दोलनको अगुवाइ गरिरहेका नवीन योगीले सडकका सवारी साधन चलाएको खण्डमा जुनसुकै घटना पनि हुन सक्ने चेतावनी दिएका छन् ।

त्यसैगरि दैलेख बजारमा सोही विषयलाई लिएर आज पुर्णरुपमा बजार बन्द गरिएको छ भने दैलेखबाट सुर्खेत र ग्रामिण भेगमा जाने यातायातका सवारी साधन आन्दोलनकारी ठप्प पारेका छन् । सवारी साधनमा कुनै क्षति नहोस भनेर दैलेख प्रहरीले यातायातका साधन भएको ठाउँमा सुरक्षाकर्मी तैनाथ गरेका छन् ।

दैलेख –सुर्खेत सडक खण्डको ठालुडाँडा नजिक आन्दोलनकारीले यातायात रोकि राखेका छन् भने दैलेख बजार हुदै नौमुल, भगवतीमाई, दुल्लू, डाडीमाडी, चामुण्डा र मध्यपहाडी राजमार्गमा आवतजावत हुने सवारी साधनलाई पनि ठप्प पारिएको आन्दोलनको नेतृत्व गदै आएको युवा नेता जनक शर्माले बताए ।

उनले भने, आज बजारलगायत यातायातका साधन बन्द मात्र ग-यौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजानीमा नहुन्जेलसम्म भोली देखी देशव्यापी आन्दोलन गरिनेछ शर्माले भने ।



सम्बन्धित
Loading...