नवलपुरका गुरुङ समुदायले तमू ल्होसार र मगर समुदायले ल्होसे पर्व मनाए


१६ पुस, नवलपुर ।



नवलपुर सहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरी पुसे १५ लाई गुरुङ समुदायले तमू ल्होसार र मगर समुदायले ल्होसे पर्वका रुपमा मनाएका छन् ।

नवलपुर जिल्लाको गुरुङ र मगर जातिको बाहुल्यता रहेका स्थानका गुम्बाहरुमा विविध कार्यक्रमको आयोजना गरी पुसे १५ अर्थात् तमू ल्होसार र ल्होसे पर्व मनाएका हुन् ।




जिल्लाको कावासोती नगरपालिका ५ स्थित पेमा साम्डुङ्ग छोइलिङ्ग गुम्बा र कावासोती ३ स्थित वरचुली बौद्ध गुम्बामा गुरुङ जातिले मुप्री ल्हो गडुल वर्गलाई स्वागत र हिँ ल्हो विरालो वर्गलाई विदाइ गर्दै २६ सय ७ औँ तोला ल्होसार मनाएका छन् ।

यस्तैगरी मगर जातिले पनि पुसे १५ लाई ल्होसे पर्वका रुपमा मनाएका छन् ।

जिल्लाको सदरमुकाम स्थित कावासोती बौद्ध गुम्बा विहार एक कार्यक्रमका विच पर्व मनाएका हुन् ।

मगर समुदायले यस दिनमा आफ्ना छोरीचेलीलाई विभिन्न पोषणयुक्त कन्दमूल, तरुल लगायतका खाद्यन्न ल्होसेकोरुपमा दिने र माघ एक गते छोरीचेली पुनः उक्त खाद्यन्नहरु उत्पादन गरेर माइतीलाई दिने प्रचलन रहेकाले पुसे १५ लाई मगर समुदायले ल्होसेको रुपमा मनाउने गरेको कावासोती बौद्ध गुम्बा विहार समितिका अध्यक्ष देव वहादुर सारु मगरले बताउनु भयो ।

गुरुङ र मगर समुदायले पुसे १५ का दिन सांस्कृतिक र परापूर्वकालदेखि नै उत्सवकोरुपमा मनाउदै आइरहेका छन् ।



सम्बन्धित
Loading...