स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मोहन वैद्य किरण अस्पताल भर्ना




काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।

सो पार्टीका प्रचार विभाग प्रमुख हुकुम बहादुर सिंहले दम बढेपछि अस्पताल भर्ना गरिएको र अहिले अवस्था सुधारोन्मुख रहेको बताए ।




‘अहिले सुधार भइरहेको छ । तीन दिनअघि नै भर्ना हुनुभएको हो । अझै एक दुई दिन अस्पतालमै रहनु हुन्छ’, उनले भने ।

वैद्य नेतृत्वको पार्टीले पछिल्लो समय देशको वर्तमान राजनीतिक तथा आर्थिक प्रणाली नबलिँदासम्म देश र जनताको यो अवस्था झन् जटिल बन्दै जाने भन्दै संघर्षका कार्यक्रम गर्दै आएको छ ।

जनताको भयावह अवस्था बदल्ने वास्तविक राजनीतिक व्यवस्था ‘जनगणतन्त्र नेपाल’को स्थापना भएको सो पार्टीले बताउँदै आएको छ ।



सम्बन्धित
Loading...