झरना खाेलामा ईश्वर स्मृति भवन निर्माण




नवलपरासी २१ पुस ।
आन्तरिक पर्यटकका लागि आकर्षणकाे केन्द्र झरना खाेलामा ईश्वर स्मृति भवन निर्माण गरिएकाे छ ।

पूर्वी नवलपरासीकाे हुप्सेकाेट ४ स्थित झरनाखाेला सुन्दर शिवालिक पहाडकाे दक्षिण खाेचमा पर्दछ ।




सदरमुकाम कावासाेती स्थित शिव माध्यमिक बिद्यालयका बिक्रम सम्वत २०५५/५६ एस एल सी ब्याजका बिद्यार्थी समुहकाे सहयाेगमा निर्मित स्मृति भवन शनिबार हस्तान्तरण गरिएकाे हाे ।

झरनाखाेला आउने आगन्तुकहरूलाई रहन बस्न अत्यावश्यक उक्त भवन स्थानीय वडाध्यक्ष महेन्द्र पाण्डे तथा झरना खाेला संरक्षण समितिका अध्यक्ष सागर गाहालाई बिद्यार्थी समुहद्वारा हस्तान्तरण गरिएकाे थियाे ।

भवन हस्तान्तरण कार्यक्रममा साेही ब्याचका समाजसेवी युवा स्वर्गीय ईश्वर सापकोटाका पिता भिमलाल सापकोटा आमा लक्ष्मीदेवी सापकाेटा, दाजु ऋषि,भाइ अरूण, श्रीमती कल्पना, छाेरा छाेरी लगायत परिवारजनकाे उपस्थिति रहेकाे थियाे ।

समूह संयाेजक सागर क्षेत्रीकाे सभापतित्व,तीर्थ रिजालकाे स्वागत तथा सुरज कुमार भुजेलकाे संचालनमा भवन हस्तान्तरण कार्यक्रममा सम्पन्न भएकाे हाे ।

पूर्व पश्चिम राजमार्गबाट सवारी साधन लिई करिव पाैने घण्टाकाे समयमा पुग्न सकिने झरनाखाेला स्थानीय स्तरमा निक्कै चर्चित पर्यटकीय गन्तव्य हाे ।



सम्बन्धित
Loading...