नवलपुरमा दुर्घटनामा १ जनाको निधन, १ जना गम्भीर घाइते




रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा आज दुर्घटनामा परी १ जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १४ डण्डामा डण्डाबाट गोरसतीतर्फ जाँदै गरेको लु ३ त ४९५५ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको लु २९ प १५३५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको निधन भएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक देवचुली नगरपालिका १५ बस्ने ५७ बर्षीय खडानन्द काफ्ले जैसीको निधन भएको हो । दुर्घटनामा परी गम्भीर घाइते जैसको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा दिउँसो २ बजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । ट्याक्टर चालक भने प्रहरीको नियन्त्रणमा रहेको छ ।




त्यसैगरी नवलपुरको बुलिङटार १ कालीगण्डकी कोरीडोरमा गैडाकोटबाट बुलिङटारतर्फ जाँदै गरेको ना १ ज ५२१५ नम्बरको जिपबाट खसेर एक जना गम्भीर घाइते भएका छन् ।

प्रहरी चौकी बुलिङटारका अनुसार जिपमा सवार बुलिङटार १ बस्ने २० बर्षीय अर्जुन परिवार गम्भीर घाइते भएका हुन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा आईसियुमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...