नवलपुरः जंगलमा घाँस काट्न गएकी महिला मृत फेला

नवलपुर । पूर्वी नवलपरासीमा जंगलमा घाँस काट्न गएको महिला भोलि पल्ट मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बौदीकाली २ खहरे बस्ने ५८ बर्षीया महिला निर्मला श्रेष्ठ जंगलमा मृत फेला परेका हुन् ।
हिजो मिथुकरम सामुदायिक वनमा घाँस काट्न भनि गएकी उनी साँझसम्म घर नफर्किएपछि खोजतलास गरिएको थियो । हिजो नभेटिए पछि आज पुन खोजतसाल गर्ने क्रममा विहान साढे ८ बजेतिर मृत फेला परेको प्रहरीले जनाएको छ ।
उनको शरिर भीरदेखि २५ मिटर तल खसेको र सरिरको विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेको थियो । प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।