कावासोतीमा कारको ठक्करबाट मोटरसाइकल चालकको निधन, कार चालक फरार


कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा आज साँझको कारको ठक्करबाट मोटरसाइकल चालकको निधन भएको छ ।



जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती ८ खर्कट्टा जंगलमा आज साँझ ६ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२९ च ०२४८ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश १३–०४ प १९५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

कारको ठक्करबाट मोटरसाइकल चालक हुप्सेकोट २ कोलिया बस्ने ४१ बर्षीय धनबहादुर सार्कीको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ६ः३५ बजे निधन भएको हो । दुर्घटनामा परी मोटरसाइकल पछाडि सवार हुप्सेकोट १ निवासी विनु गुरुङ गम्भीर घाइते भएका छन् ।




कार चालक फरार रहेकोले उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...