दिलसराको छायांकन

मगर सँस्कार र सँस्कृतिमा आधारित चलचित्र, ‘दिलसरा’ को छायांकन द्रुत गतिमा अघि वढिरहेको छ ।
चलचित्रको छायाँकन हाल कास्कीको रमणीय गाउँ निर्मलपोखरीमा भैरहेको हो । चलचित्रको करिव ४० प्रतिशत छायाँकन कार्य सम्पन्न भइसकेको निर्माता हर्क आलेले वताउनुभयो ।
अशोक आलेको निर्देशन रहेको चलचित्र “दिलसरा“मा सृष्टि रानामगर र कल्याण रानामगरको मुख्य भुमिका रहेको छ भने चर्चित हास्य कलाकार खड्क वहादुर पुन (खवपु) ले हास्य चरित्र निभाउने भएका छन ।
गत पौषको पहिलो साता छायांकनमा गएको चलचित्रको सम्पूर्ण छायाँकन माघ महिना भित्र सकाइ सक्ने निर्माण पक्षको अनुमान छ। जुना थापाको कथा, मिना थापा र जुना थापामगरको पटकथा रहेको चलचित्रमा प्रमुख चरित्र दिलसरा मार्फत मगर समुदायको, कथा व्यथा प्रस्तुत गरिने भएको छ । चलचित्र मेनोको मिडिया हाउसको व्यानरमा वन्न लागेको हो ।