भालुवाङस्थित राप्ती पुलबाट बस खस्यो


दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुबाहक बस खसेको छ । भे. १ख ३९१२ नम्बरको बस बाँकेको नेपालगन्जबाट काठमाडौं जाँदै गर्दा दुर्घटनामा परेको हो । 



शुक्रबार राति साढे १० बजेतिर पुलबाट बस खसेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्जवल सिंहले जानकारी दिए ।

पुलबाट खसेको बस राप्ती नदीको किनारमा रहेको बगरमा बजारिएको छ । 




इन्स्पेक्टर सिंहका अनुसार अहिले उद्धार कार्य चलिरहेको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन सकेको छैन ।

केहीकाे मृत्यु भएकाे र धेरै घाइते भएकाे प्रारम्भिक विवरण प्राप्त भएकाे छ ।

सुरक्षाकर्मीले अहिलेसम्म दुर्घटनामा परेका कम्तिमा १२ जना घाइतेलाई उद्दार गरेर अस्पताल पठाएका छन् ।



सम्बन्धित
Loading...