राप्ती दुर्घटना अपडेट : १२ मृतकमध्ये ८ जनाको सनाखत, २३ जना घाइते




दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुबहाक बस खस्दा मृत्यु भएका १२ जनामध्ये ८ जनाको सनाखत भएको छ। अन्य चार जना मृतकको सनाखत हुन बाँकी छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार बाँके जिल्ला बस्ने वर्ष ६०का कुसुम बस्नेत, मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौं चन्द्रगिरी बस्ने वर्षका ६५ का ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका वर्ष ३१ का मुने, जुम्लाका वर्ष ४० का मुन बहादुर रावत, बाँकेका वर्ष ३० का रामवरण हरिजन, रूकुमका वर्ष २५ का दीपक कामी र भारत विहारका वर्ष ६७ का जोगेन्द्र रामको सनाखत भइसकेको छ ।




घाइतेमध्ये केहीलाई बुटवल र नेपालगञ्ज तथा केहीलाई भालुवाङ अस्पतालमा उपचार जारी राखिएको छ । घटनालगत्तै पुगेको प्रहरीले पाँच जनालाई उद्दार गरि अस्पताल पठाउँदा उनीहरुको अस्पतालमै चिकित्सकले मृत्यु घोषणा गरेका थिए । पछि बसले च्यापिएको अवस्थामा सात जनाको शव जेसीवीले निकालेको हो ।

शुक्रबार राति साढे १० बजेतिर बस पुलबाट नदीमा खसेको थियो । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबहाक रात्री बस पुलबाट खसेको हो । बस तिब्र गतिका कारण पुलबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

दाङको राप्ती नदीमा बस खसेर दुर्घटना हुँदा घाइते भएका सबैको परिचय खुलेको छ।

गएराति नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस दाङको राप्ति गाउँपालिकास्थित राप्ती नदीको पुलबाट खसेर दुर्घटना भएको थियो।

बसमा सवार ३५ यात्रुमध्ये १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते छन्।घाइते सबैको परिचय खुलेको दाङका डिएसपी जनक मल्लले जानकारी दिए।

दुर्घटनाका घाइते मध्य १४ जनालाई बाँकेको कोहलपुरस्थित मेडिकल कलेज, ७ जनालाई बुटवल र दुई जनाको दाङमै उपचार भइरहेको छ।

कोहलपुर मेडिकल कलेजमा उपचाररत घाइतेहरूमा बसका सहचालक बाँकेको राप्तीसोनारी गाउँपालिका-२ का ३१ वर्षीय कुलबहादुर गोसाई,

बाँकेको नेपालगंज उपमहानगरपालिका – १९ का ३५ बर्षीय लिला वली, अर्का सहचालक बाँकेको बैजापर गाउँपालिका – ३ का २१ बर्षीय शंकर थारु, भारतको बहराईज मटेराका २८ बर्षीय राहुल कुमार यादव र २० बर्षीय छोटी सलौटा, कालिकोटको माहाबै गाउँपालिका – ५ का ४५ बर्षीय तिलकप्रसाद उपाध्याय, बाँकेको नेपालगंज उपमहानगरपालिका – १२ का २४ बर्षीय आसतोस गौतम र बाँकेको डुडुवा गाउँपालिका– १ का २५ को मोहमद जावेद छन्।

त्यस्तै नेपालगञ्ज मेडिकल कलेजमा बर्दियाका २२ बर्षीय साजिव थारु , बाँकेका १८ बर्षीइ दशरथ विक, बाँकेकै १९ बर्षीय निफख खान, डोल्पाका ३५ बर्षीय धनकली बढा, बाँकेका २० बर्षीय कोरिन्जन कोरी र बाँकेका २० बर्षीय अवाज नाउ छन्। उनीहरूको पूरा ठेगाना खुलिनसककेको डिएसपी मल्लले जानकारी दिए।

घाइतेमध्ये ७ जनालाई बुटवल पठाइएको छ। बुटल पठाइएका घाइतेहरूमा काठमाडौंको चाविहलका ४४ बर्षीय सुवाश सार्की, रौतहटका २६ बर्षीय संजय कार्की, जुम्लाका १९ बर्षीय विशाल बोहोरा, काठमाडौंकै ११ बर्षीया आज्ञा पाण्डे, ३८ बर्षीया मञ्जु शर्मा, २३ बर्षीय सन्जु बढवाल र ४५ बर्षीय राधा पाण्डे छन्।

जुम्लाको हिमा गाउँपालिका-४ का २० वर्षीय बालकृष्ण शाही र बाँकेको कोहलपुरका २१ वर्षीय धनबहादुर पुन मगरको भालुवाङमै उपचार भइरहेको डिएसपी मल्लले जानकारी दिए।

चालक सल्यानको त्रिबेणी गाउँपालिका – ४ का २८ बर्षीय लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।



सम्बन्धित
Loading...