नवलपरासीमा आगो ताप्दा जलेर ८० बर्षीया महिला गम्भीर घाइते

रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीमा आगो ताप्ने क्रममा आगोले जलेर एक जना महिला गम्भीर घाइते भएकी छिन् ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ६ प्रसौया निवासी अन्दाजी ८० बर्षीया महिला खिन्दुदेवी थापा गम्भीर घाइते भएका हुन् ।
उनको शरिरको पछाडि कम्मर मुनिको भाग र बाँया हात जलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।
थापाले आफ्नै घरमा आगो ताप्ने क्रममा अचानक आगोले साडी जल्न जाँदा शरिर जलेको हो । उनको भैरहवा मेडिकल कले भैरहवामा उपचार भईरहेको छ । प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।