बसको पट्टा भाच्चिदा दुर्घटना, दुईजनाको मृत्यु




दाङ, ८ माघ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै दुर्घटना हुँदा बसमा सवार बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको हो ।




इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठका अनुसार आईतबार राति दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको शवलाई लमही अस्पतालमा राखिएको छ । अन्य दुई जना घाइते भएका छन् ।

बसमा ४७ जना सवार रहेका थिए । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले दुई जनाको मृत्यु हुन भएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...