नवलपुरमा जाडो बढ्यो, विद्यालय ३ दिनका लागि बन्द




नवलपुर । पूर्वी नवलपरासीमा हिजोबाट एक्कासी सितलहर सहित जाडो बढेको छ । सित लहरसँगै जाडो बढेपछि नवलपुरका देवचुली र कावासोती नगरपालिकामा जाडो विदा ३ दिन थप गरिएको छ ।

कावासोती र देवचुली नगरपालिकाले हिजो अबेर सूचना जारी गरी ३ दिनका लागि जाडोका कारण विद्यालय बन्द गरिएको जनाएको छ ।




जाडो बढेपछि यहाँको जनजीवन निक्कै प्रभावित भएको छ ।
उता पश्चिम नवलपरासीमा पनि अत्यधिक चिसो सँगै सितलहर बढेको छ । पश्चिम नवलपरासीको अधिकांश क्षेत्रमा १ सातादेखि घाम समेत नदेखिएको स्थानीयले जनाएका छन् ।



सम्बन्धित
Loading...