एकैपटक पाँच युवतीलाई गर्भवती बनाउने युवकले बेबी सावर पनि एकैपटक गराए

अमेरिकाका युट्युबर तथा संगीतकर्मी जेडी विलले एकैपटक पाँच युवतीलाई गर्भवती बनाएका छन् । २२ वर्षे विलले पाँचै युवतीको बेबी सावर पनि एकैदिनमा गराएकाे न्युयोर्क पोस्टले जनाएको छ ।
लिज्जी एसलेग विलका प्रेमिकामध्ये एक हुन् जो आफैँ पनि गर्भवती छिन्, उनका अनुसार विलले बारम्बार पार्टीको आयोजना गर्थे । सोही क्रममा सबै पाँच युवती र विलको भेट भएको थियो ।
गत जनवरी १४ मा विलकी प्रेमिकाहरू सबैले एक साथ बेबी सावर गरेका थिए । २९ वर्षकी एसलेगका अनुसार अब उनीहरू सबै पाँच श्रीमतीको रूपमा मिलेर बस्ने छन् ।
युट्युबर तथा गायक विलले पनि आफ्ना पाँचै प्रेमिकासँग फोटो खिचाएर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्, जहाँ ती पाँचै युवतीको बेबी बम्प देख्न सकिन्छ ।