मध्यविन्दुमा संरक्षणको नाममा व्यापक वन फडानी, सोध्न जाँदा हातपात




नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा सामुदायिक वनले संरक्षणको नाममा व्यापक वन फडानी गरेको छ ।

मध्यविन्दु नगरपालिका १५ मा रहेको नवदुर्गा सामुदायिक वनले वन संरक्षणका लागि तारबार गर्ने बाहनामा व्यापक वन फडानी गरेको हो । उक्त सामुदायिक वनले तारबारको नाममा कम्तीमा ७० वटा रुख कटान गरेको मध्यविन्दु १५ का वडा सदस्य अर्चना कुमालले बताइन् ।




उनका अनुसार आफू र नगरपालिकाका कर्मचारी भएर सोधपुछका लागि जाँदा नवदुर्गा सामुदायिक वनका अध्यक्ष धर्मनाथ महतोले नगरपालिकाका कर्मचारी केवलबहादुर पाल्पालीलाई कुटपिट गरेका हुन् । केवलबहादुर पाल्पालीले आफूले वन वडानी गर्ने विरुद्ध आफूले उजुरी गरेको बताए ।

केवलबहादुर पाल्पालीले आफूले वन फडानी गरेको थाहा पाएपछि किन रैछ भनेर बुझ्न खोज्दा आफूमाथि एक्कासी कुटपिट गरेको बताए । पाल्पालीले आफूलाई सामुदायिक वनका अध्यक्ष धर्मनाथ महतोको निर्देशनमा कुटपिट भएको बताए ।

समितिको निर्णय अनुसार नै आफूहरुले वनमा रहेका साल बकाइनो, कटहर, आँप, दबदबे, डुम्री, खन्यो लगायतका रुखहरु काटिएको सामुदायिक वनका अध्यक्ष धर्मनाथ महतोले बताए ।

नयाँ अतिक्रमण हुन नदिन र पूरानो अतिक्रमण रोक्न खोज्दा आफूहरुमाथि अवरोध भएको अध्यक्ष महतोको दावी छ । सामुदायिक वनका अध्यक्ष महतोले वन अतिक्रमण गरेर लगाइएका फलफूलका रुखहरु काटिएको स्वीकार गरे । उनले भने – भोलि मैले लगाएको हो भनेर विवाद नगरुन भने समितिकै निर्णय अनुसार ति रुखहरु काटिएको हो । भोलि हामी आफै अर्को रुख लगाउने छौं ।

डिभिजन वन कार्यालय कावासोती नवलपुरका वन अधिकृति शिशिर लम्सालले यस विषयमा वन कार्यालयमा जानकारी आएको र फिल्डमा गएर बुझेर मात्र थप कारवाही तथा अनुसन्धान अगाडि बढाइने बताए ।

स्थानीयले भने वन अतिक्रमण रोक्ने र संरक्षणको वाहानामा वन फडानी गरिने कुनै पनि दृष्टिकोणबाट उपयुक्त नभएको भन्दै समितिको यस कार्यको व्यापक विरोध गरेका छन् ।



सम्बन्धित
Loading...