सरकार असफल भयो, अब प्रधानमन्त्री बन्ने पालो माधव नेपालको: कोइराला




नवलपरासी — नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले यो सरकार असफल भएको दावी गर्दै अब माधवकुमार नेपालको नेतृत्वमा सरकार बनाउनु पर्नेमा जोड दिएको छ ।

उनले घुमाउरो पारामा प्रधानमन्त्री प्रचण्डको प्रधानमन्त्री हुने पालो सकिएको संकेत गर्दै अब बन्ने सरकार माधव कुमार नेपालको नेतृत्वमा बनाउनु पर्नेमा जोड दिए । माधव नेपालपछि शेरबहादुर प्रधानमन्त्री हुने उनले सुनाए । उने भने – यो सहमतिको सरकार हो । सबैले पूर्व सहमति पालन गर्नुपर्छ भन्ने लाग्छ ।




उनले भने – प्रधानमन्त्री पुष्पकमल दाहाल सरकार सञ्चालनमा असफल भए, अब माधव नेपाललाई प्रधानमन्त्री बनाऔं ।
विहीबार कावासोतीमा प्रजातन्त्रका सेनानी नेत्रप्रसाद भूसालको स्मृतिमा उनका परिवारले नेपाल प्रेस यूनियन नवलपुरमा स्थापना गरेको नेत्रप्रसाद भूसालको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री आफैं सरकारको कामकारबाहीबाट सन्तुष्ट हुनुहुन्न – उनले भने – त्यो भनेको प्रचण्डको सरकार असफल छ भन्ने हो । अब ढिला नगरी पूर्व सहमतिअनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनु पर्छ ।

स्व. नेत्र प्रसाद भुसाल स्मृति अध्यक्ष कोषको नाममा उनका परिवारले विहीबार प्रेस युनियन नवलपुरलाई प्रत्येक बर्ष पुरस्कार वितरणका लागि १ लाख हस्तान्तरण गरेको थियो ।



सम्बन्धित
Loading...