गोही संरक्षणका लागि नवलपुरमा घडियाल काव्य उत्सव





कावासोती । पूर्वी नवलपरासीमा दुर्लभ घडियाल गोही संरक्षणका लागि २ दिने घडियाल काव्य उत्सव हुने भएको छ ।

नवलपुरको दलदलेमा रहेको ह्याप्पी एफएमको आयोजनामा माघ २८ र २९ गते घडियाल काव्य उत्सव हुने भएको हो । उत्सवको बारेमा जानकारी दिने आज कावासोतीमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।


पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार घडियाल गोही संरक्षणसँगसँगै नवलपुरको पर्यटन प्रवद्र्धनका लागि घडियाल काव्य उत्सव तेस्रो संस्करण २०८० हुन लागेको हो । कार्यक्रम सिजी शास्वत धाममा हुने छ ।

कार्यक्रममा नवलपुरमा पर्यटनः हिजो, आज र भोलि, पृथ्वीको अन्तिम डायनासोरः घडियाल, अबको विकासः मनस्थिति र परिस्थिति, आँगनीमा लिट्–नेचर, प्रकृति, पर्यटन र साहित्य, मौलाकिालिकादेखि त्रिवेणीः सानो जिल्लाको विराटता, सिने पर्यटनः नवलपरासीदेखि नवलपुरसम्म, गोलमेच पालिका बहस, ह्याप्पी साहित्य सम्मान, ह्याप्पी संरक्षण पत्रकारिता पुरस्कार वितरण लगायतका कार्यक्रम हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

नवलपुरमा रहेको चितवन राष्ट्रिय निकुञ्ज, मौलाकालिका मन्दिर, त्रिवेणी धाम लगायतका क्षेत्रलाई जोडेर पर्यटकीय क्षेत्र विकासका लागि घडियाल काव्य महोत्सव गरिएको आयोजक संस्था ह्याप्पी एफएमका प्रमुख बुद्धिराज कडरियाले बताए ।

आदर्श सुशिलको सञ्चालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष नारायण शर्मा लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।



सम्बन्धित
Loading...