बाघको आक्रमणबाट मकवानपुरको बकैयामा १९ वटा खसी बाख्रा मारिए



२८ माघ । मकवानपुरको बकैया गाउँपालिकामा आइतबार बाघले स्थानीयका १९ वटा खसी बाख्रा मारेको छ ।

बकैया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष फुलमान भोम्जनका अनुसार बाघले वडाको सुधास्थित स्थानीय तीनजनाको १९ वटा खसी बाख्रा मारेको हो ।



वडाध्यक्ष भोम्जनले स्थानीय डम्बरबहादुर भोम्जनका ११ वटा, कान्छिमाया भोम्जनको ५ वटा र गंगाराज भोम्जनको ३ वटा खसी बाख्रा बाघले मारेको जानकारी दिए ।

नजिकै रहेको जंगलमा चर्न छोडेका खसी बाख्रा बाघको आक्रमणबाट मारिएको अवस्थामा फेला परेको उनले बताए ।

बाघले बाख्रा मारेपछी स्थानीय त्रसित बनेको उनको भनाई छ । साझ बिहान् घरबाट बाहिर निस्कन डर भएको अध्यक्ष भोम्जनले बताए ।


सम्बन्धित
Loading...