कपिलवस्तु दुर्घटनाः मृतक १० जनाकै सनाखत (भिडियो सहित)

कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ । मृतक मध्ये १० जनाको सनाखत भएको छ ।
रौतहट औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी ,सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिङ्गे कपिलवस्तु स्थित कालोजग गण नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगि, भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।
त्यसैगरी भिमदत्त नगरपालिका १ कंचनपुरका बर्ष २७र२८ का राहुल राम कामी, भिमदत्त नगरपालिका ४ बस्ने बर्ष २६ का उमेश भण्डारी, भिमदत्त नगरपालिका बस्ने बर्ष २७ कि सन्जु थापा, भिमदत्त नगरपालिका २ बस्ने सुदिप भट्ट, पुनरवासा नगरपालिका कंचनपुर बस्ने किसन भट्ट, कचनपुर बस्ने खगेश्वरी खाती, पुरनरबास नगरपालिका बस्ने बिमला देवी भट्टको खनाखत भएको प्रहरीले जनाएको छ ।
राती १ बजे महेन्द्रनगर बाट काठमाडौ सुनौलो महाकाली यातायात दुर्घटना भएको हो । सुनौलो महाकाली यातायातले संचालन गरेको सु( प ( प्र(०२(००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो ।
दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये ९ जनाको बुटवल रिफर गरिएको छ ।
घाइतेहरुमा चालक पुर्ण बहादुर चन्द्र , सहचालक अर्जुन कार्की, केशव हमाल ,मनोज विक, नविन भट्ट, गिता कुवर, नितिन कुवर, सन्तोष चौधरी, गणेश काफ्ले, नितेश सुनार, श्रीष्टी काफ्ले, रेखा अचार्य, सुनिल कुवर, राजेश दाहल, लोक बहादुर कार्की, ज्ञानेन्द्र पाल, मोहन सिह लोहार, विशाल भुजेल, महेश सुनार, अशोक सिह धामी, मनोज सिह धामी लगायत रहेका छन् ।