भ्रष्टचारी भन्दै दुग्ध संस्थानका महाप्रबन्धक झालाई क्रान्तिकारी युवाले दले कालोमोसो




दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठनले भ्रष्टचारी भन्दै कालोमोसो दलेका छन् ।

मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवाहरुको एक समूहले उनैकै कार्यकक्षमा गएर कालोमोसो दलेको हो ।




क्रान्तिकारी युवा संगठनले दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेकोले, डिडिसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेकोले, इन्धन र सवारीसाधन प्रयोगमा मितव्ययी नभएकोले, कर्मचारीको सरुवा–बढुवामा समेत आर्थिक लाभ लिने गरेकोले, किसानबाट संकलन भएको दूध बिक्री नगरी पाउडर बनाएर गोदाममा थन्क्याउने र कमिसनको लागि दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातका लागि मन्त्रालयमा लिखित प्रस्ताव गरेकोले, महाप्रबन्धकको नियुक्ति लिएयता पहिलो वर्ष ३७ करोड र दोस्रो वर्ष ६० करोड गरी ९७करोड संस्थान घाटामा लगेको आदि ६ बुँदे कारण देखाउँदै कालाेमाेसाे दलेकाे जनाएकाे छ ।

दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेकोसहित विभिन्न १० आरोपमा झालाई सरकारले जिम्मेवारीबाट हटाएको थियाे । कृषिमन्त्री डा. बेदुराम भुसालको निर्देशनमा सोमबार झालाई जिम्मेवारीमुक्त गरी मन्त्रालय तानिएको हो ।

दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई कालो मोसो किन ?

१:-दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेकोले ।

२:-डिडिसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेकोले ।

३:-इन्धन र सवारीसाधन प्रयोगमा मितव्ययी नभएकोले

४:-कर्मचारीको सरुवा–बढुवामा समेत आर्थिक लाभ लिने गरेको ले ।

५:- किसानबाट संकलन भएको दूध बिक्री नगरी पाउडर बनाएर गोदाममा थन्क्याउने र कमिसनको लागि दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातका लागि मन्त्रालयमा लिखित प्रस्ताव गरेकोले ।

६:-महाप्रबन्धकको नियुक्ति लिएयता पहिलो वर्ष ३७ करोड र दोस्रो वर्ष ६० करोड गरि ९७करोड संस्थान घाटामा लगेकोले ।



सम्बन्धित
Loading...