नवलपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको निधन एक जना घाइते




रामकुमार श्रेष्ठ –

नवलपरासी । पूर्वी नवलपरासीमा आज राति भएको सवारी दुर्घटनामा १ जनाको निधन भएको छ ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट गाउँपालिका ३ बेलाहानी स्थित भित्री सडक खण्डमा झ्यालबासबाट गिरुवारीतर्फ जाँदै गरेको लु ३६ प ५४९७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी १ जना पुरुषको निधन भएको छ भने १ जना घाइते भएका छन् । घाइते र मृतक दुवैलाई मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएको छ ।

घाइतेको अवस्थामा पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते र मृतक दुवैको नाम खुल्न सकेको छैन ।



सम्बन्धित
Loading...