हुप्सेकोटः मोटरसाइकल दुर्घटनामा मृतक र घाइते दुवैको परिचय खुल्यो




रामकुमार श्रेष्ठ –

नवलपरासी । पूर्वी नवलपरासीमा आज राति भएको सवारी दुर्घटनामा परी निधन भएका र घाइते१ जनाको निधन भएको छ ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट गाउँपालिका ३ बेलाहानी स्थित भित्री सडक खण्डमा झ्यालबासबाट गिरुवारीतर्फ जाँदै गरेको लु ३६ प ५४९७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक हुप्सेकोट २ मोहन डाँडा बस्ने २१ बर्षीय पदमबहादुर बयम्बुको निधन भएको छ भने मोटरसाइकल पछाडि सवार मोहन डाँडाकै २२ बर्षीय हिराबहादुर आले घाइते भएका छन् ।

घाइतेको थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइतेको अवस्थामा पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...