नवलपुरमा मोटरसाइकल दुर्घटनामा चालकको निधन


सांकेतिक तस्वीर


रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीमा मोटरसाइकल दुर्घटनामा परी चालकको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको देवचुली नगरपालिका १४ छत्तिसघरे स्थित भित्री सडक खण्डमा कुल ‍एण्ड ‍एलेन पेट्रोलपम्पबाट बाल्मिकी आवासीय विद्यालयतर्फ जाँदै गरेको बा ६९ प ९२३६ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाई दुर्घटना भएको हो ।




आज राति ८ बजेतिर मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गम्भीर घाइते कावासोती ११ कुडौली निवासी २५ बर्षीय सागर चौधरीको उपचारको क्रममो चितवनमा निधन भएको हो ।

घाइते चौधरीको देवचुली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि चितवन मेडिकल कलेज चितवन पठाएको थियो । उनको राति ९ः१० बजे निधन भएको प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...