नवलपुरमा फेरि अर्काे भाले बाघ मारेर गाडेकाे अवस्थामा भेटियाे

रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीकाे मध्यविन्दु नगरपालिका १५ काे नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परेकाे छ ।
राेयल बेङ्गल टाईगर प्रजातिकाे भाले वयस्क पाटे बाघ मृत फेला परेकाे चाेरमारा रेञ्ज पाेष्टका वन अधिकृत दुर्गादत्त कंडेलले जानकारी दिए ।
उनका अनुसार पूर्वपश्चिम सडकबाट ५ सय मिटर दक्षिण, अरूणखाेला बजारबाट १ किलाेमिटर पूर्व, हर्बासटार गाउँबाट डेढ किलाेमिटर उत्तरमा बाघ भेटिएकाे हाे ।
बाघ जंगलकाे खाेल्सामा खाल्टाे खनेर गाडेकाे अवस्थामा भेटिएकाे हाे । बाघ मारेर गाडिएकाे हाे ।
जंगलमा हेरालुले गनाएकाे थाहा पाए पछि के रैछ भनेर हेर्दा बाघकाे पछाडिकाे खुट्टा देखिने गरि पुरिएकाे अवस्थामा देखेपछि सामुदायिक वनका पदाधिकारीलाई खबर गरेका थिए ।
बाघलाई खनेर निकालिएकाे छ। उक्त बाघलाई भाेलि पाेष्टमार्टम गरिने भएकाे छ ।
नवलपुरकाे मध्यविन्दु १२ अरूणखाेला बजार नजिकै एउटा भाले पाटेबाघ मृत फेला परेकाे थियाे ।