नवलपुरमा एम्बुलेन्स दुर्घटना हुँदा ४ जना घाइते




रामकुमार श्रेष्ठ –

पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका २ भृकुटी चोकमा बस, मोटरसाइकल र एम्बुलेन्स दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।




पूर्वपश्चिम राजमार्गमा नारायणगढबाट बर्दिया आउँदै गरेको बा.प्र. ०६००१ ख ०१९६ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना ३६ प ९०४५ नम्बरको स्कुटरलाई ओभरट्याक गर्दा नारायणगढतर्फ जाँदै गरेको ग १ च ७१५२ नम्बरको विरामी बोकेको एम्बुलेन्सलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी स्कुटर चालक गैडाकोट ६ निवासी ३३ बषीृय किशोर गौतम, एम्बुलेन्समा सवार मृगौलोको विरामी डाइलोसिस गर्न गएका नवलपुरका मध्यविन्दु १२ निवासी ७५ बर्षीय मानबहादुर कुमाल, एम्बुलेन्समा सवार मध्यविन्दु १२ का ४० बर्षीय भोटबहादुर कुमाल र ४५ बर्षीय सोमबहादुर कुमाल घाइते भएका हुन् ।

घाइते मध्ये ७५ बर्षीय मानबहादुर कुमालको अवस्था गम्भीर रहेको र उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ ।



सम्बन्धित
Loading...