सहिद सप्ताहाको अवसर पारेर शुभकामना आदानप्रदान
क्रान्तिकारी कम्प्युनिष्ट पार्टी नेपाल नवलपुरले आज वलिदान दिवस (सहिद सप्ताहा) को अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ ।
कावासोतीको फलफूल चोकमा रहेको नयाँ नेपाल सहिद प्रतिष्ठानको पार्कमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीहरुले सहिदको सालिकमा माल्यार्पण गरेका थिए ।
तत्कालिन माओवादी पार्टीले जनयुद्ध शुरु गरेपछि फाल्गुन १४ गते दिलबहादुर रम्तेललाई प्रहरीले गोली हानी हत्या गरेको सम्झनामा नेपालमा सहिद सप्ताहा मनाइने गरिएको छ । फाल्गुन १४ गतेदेखि फाल्गुन २१ गतेसम्म नेपालमा सहिद सप्ताहा मनाइने गरिन्छ ।
कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्युरो सदस्य एवम् गण्डकी प्रदेश सेक्रेटरी अशोक लम्साल अनुकुलले कक्षा ४ मा अध्ययनरत दिलबहादुर रम्तेललाई प्रहरीले विद्यालयमै गोली हानी हत्या गरेको बताए ।
कार्यक्रममा उनले जनयुद्धका प्रथम सहिद विशाल रम्तेल लगायतका सहिदको सपना साकार पार्नका लागि देशभक्त क्रान्तिकारी शक्तिहरु एक ठाउँमा उभिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरका अध्यक्ष एवम् केन्द्रिय सदस्य पिताम्बर तिवारीले सहिदको सपना साकार पार्न पुन एक पटक क्रान्ति गर्न आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रम क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरका सेक्रेटरी टिकाराम काफ्लेको सञ्चालनमा भएको थियो ।

