प्रभु बैंकका डेपुटी सिइओ र पूर्वसिइओ सहित ११ जना पक्राउ




काठमाडौं । ऋण हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बै‌ंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने र ४ बहालवाला कर्मचारीसहित ११ जनालाई पक्राउ गरेको छ ।

सेञ्‍चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ)द्वय तुलसीराम गौतम र मनोज न्यौपाने एकैसाथ पक्राउ परेका हुन्‌ ।




न्यौपानेसहित विरुद्ध सेञ्‍चुरी बैंकमा रहँदा प्रवाह भएको कर्जा दुरुपयोग, घोटाला र हिनामिना गरेको आरोप लागेको थियो । उजुरी परेपछि सीआईबीले छानबिन थालेको थियो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका भाञ्‍जा मनोज न्यौपाने पनि सो कर्जा घोटालामा आरोपित थिए ।

सीआईबी स्रोतका अनुसार गौतमसहित प्रभु बैंकका चारजना बहालवाला कर्मचारीलाई पनि पक्राउ गरिएको छ । बैंकका कर्मचारी दीलिप
बराल, दीपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारीलाई पक्राउ गरिएको हो । प्रभु बैंकका डेपुटी सिइओ र पूर्वसिइओसहित १० जना पक्राउ परेका छन्।

सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण अनियमितता गरेको आरोप उनीहरूमाथि छ।



सम्बन्धित
Loading...