कोदालो प्रहार गरेर श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीमा श्रीमान्ले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।
जिल्लाको दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्धबहादुर विकले बुधबार बिहान आफ्नी श्रीमती ३४ वर्षीया चेतकुमारी विकको हत्या गरेका हुन् ।
घरबाट एक किलोमिटर उत्तरमा पर्ने धन्सारस्थित खेतमा काम गर्ने क्रममा कोदालोले टाउकोमा प्रहार गर्दा श्रीमती चेतकुमारीको त्यहीँ नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।
उनका अनुसार श्रीमतीको हत्या गर्ने बुद्धबहादुरलाई प्रहरी चौकी दुधौली नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको छ ।
युट्युबर मनोज मानव पुर्पक्षका लागि थुनामा
युट्युबर मनोज मानवलाई जिल्ला अदालत काठमाडौँले थुनामा पठाउन आदेश गरेको छ । साइबर अपराध सम्बन्धी मुद्दामा अदालतको आदेश अनुसार उनलाई कारागार चलान गरिएको साइबर ब्युरोका उप–निर्देशक (एसपी) दीपक राज अवस्थीले रातोपाटीलाई बताए ।

एक महिलाको जाहेरीका आधारमा उनलाई साइबर ब्यूरोले पक्राउ गरेर अनुसन्धान गरेको थियो । साइबरसम्बन्धी मुद्दामा यसअघि उनी धरौटीमा छुटेका हुन् ।