मेहेन्दी समारोहमा यस्तो देखिइन् अभिनेत्री नन्दिता केसी (तस्बिरहरू)
अभिनेत्री नन्दिता केसी फागुन १९ गते शनिबार विवाह गर्दैछिन्।
उनले अरविन्द्र कटवालसँग विवाह गर्न लागेकी हुन्। विवाहअघि उनीहरूले बिहीबार मेहेन्दी समारोह राखेका थिए।
मेहेन्दी समारोहमा नन्दिता गुलाबी रंगको लेहंगामा देखिएकी छन्।
नन्दिता र अरविन्द्र अमेरिकामै बस्छन्। अभिनेत्री नन्दिताले केही दिनअघि आफूहरूले नयाँ जीवन सुरुवात गर्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी थिइन्।



