नवलपुरमा दुर्घटनाः १ जनाको निधन १ जना गम्भीर घाइते




रामकुमार श्रेष्ठ –

नवलपरासी । पूर्वी नवलपरासीमा आज राति भएको सवारी दुर्घटनामा परी १ जनाको निधन भएको छ ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज राति ८ बजेको समयमा विनयी त्रिवेणी गाउँपालिका ५ देउराली स्थित भित्री सडक खण्डमा दुम्किबासबाट देउरालीतर्फ जाँदै गरेको लु १ ख ६३९० नम्बरको बसले २ जना पैदल यात्रीलाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी विनयी त्रिवेणी ५ देउराली निवासी ६८ बर्षीय दिलबहादुर रखालको निधन भएको छ । उनको घटना स्थलमै निधन भएको हो ।

ठक्करबाट स्थानीय ७६ बर्षीय सोमबहाादुर लम्का मगर घाइते भएका छन् ।
लम्का मगरको स्थानीय मेडिकलमा उपचार भईरहेको र उनको सरिरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बस प्रहरीको नियन्त्रणमा रहे पनि बस चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...