मदारबाबा मेलाः भिरबाट खसेर एक जनाको निधन, एक जना वेपत्ता

रामकुमार श्रेष्ठ –
नवलपरासी । नवलपरासीमा मदारबाबा मेला भर्न आएका १ जना भक्तजनको भिरबाट खसेर निधन भएको छ भने एक जना वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी गाउँपालिका ६ नागडाँडादेखि केही तल उकालो चढ्ने क्रममा भारत कुशिनगर नौरगिया बस्ने ५० बर्षीय पुरुष पंकज कुमार कुशहवाको भिरबाट लडेर मृत्यु भएको हो ।
मृतकको शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएको छ ।
त्यसैगरी आज नै अर्का एक जना महिला भिरबाट लडेर वेपत्ता भएको र उनको खोजी कार्यजारी रहेको नवलपुर प्रहरीले जनाएको छ ।