टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु




महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पीडी ३३३० नम्बरको टाटासुमोले गएराति पिपरा–१ स्थित सडकखण्डमा पिपराबाट मटिहानतिर जाँदै गरेको मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिएको थियो ।




मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला छ । ठक्करबाट ट्र्याक्टरमा पछाडि बसेका राइनको मृत्यु भएको थियो भने सोही क्रममा टाटासुमोले विपरित दिशाबाट साइकलमा आउँदै गरेको यावदलाई ठक्कर दिएको थियो ।

सोही टाटासुमोको ठक्करबाट ट्र्याक्टरमा सवार पिपरा–५ का ६० वर्षीय झप्सी कवाडी गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । टाटासुमो पनि मटिहानी –४ स्थित सडक छेउमा पल्टिएर दुर्घटना भएको र चालक फरार रहेका बताइएको छ ।



सम्बन्धित
Loading...