नारायणी नदीमा १ जना पुरुष मृत फेला




रामकुमार श्रेष्ठ –

नवलपरासी । पूर्वी नवलपरासीमा नारायणी नदी किनारमा १ जना पुरुषको शव फेला परेको छ ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मध्यविन्दु नगरपालिका २ नन्दपुरस्थित अन्दाजी ३५÷४० बर्षीय पुरुष व्यक्तिको शव फेला परेको हो ।

आज दिउँसो पौने १ बजेतिर नारायणी नदी किनारमा पुरुषको शव उत्तानो परेको अवस्थामा फेला परेको हो ।

मृतकको शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल कावासोती १६ डण्डामा राखिएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...