शालिन मृत्यु प्रकरण : आयोगद्वारा अनुसन्धान सुरु




काठमाडौँ । छात्रावासमा मृत फेला परेकी शालिन पोखरेलको मृत्यु प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अनुसन्धान सुरु गरेको छ ।

चितवनको रत्ननगर नगरपालिका – १० टाँडीस्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत शालिन पोखरेल फागुन १२ गते सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।




आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार घटनाको प्रहरी अनुसन्धानबारे आयोगले जानकारी लिइरहेको छ । यसै सन्दर्भमा घटनाको सत्यतथ्य विवरण उपलब्ध गराउन एकता शिशु निकेतन बोर्डिङ स्कूल र शव परीक्षण प्रतिवेदन उपलब्ध गराउन त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, फरेन्सिक मेडिसिन विभाग, महाराजगञ्जलाई पत्राचार गरी घटनाबारे अनुसन्धान प्रारम्भ गरेको छ ।

घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ । साथै, अनुसन्धान प्रभावित हुने कुनै पनि गतिविधि नगर्न आयोग सम्बन्धित सबैलाई अनुरोध पनि गरेको छ ।

चितवनको रत्ननगर नगरपालिका–१० टाँडीस्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलमा यही फागुन १२ गते सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा मृत फेला परेकी भनिएकी शालीन पोख्रेलको घटनाको प्रहरी अनुसन्धानबारे आयोगले जानकारी लिइरहेको छ।

यसै सन्दर्भमा घटनाको सत्यतथ्य विवरण उपलब्ध गराउन एकता शिशु निकेतन बोर्डिङ स्कुल र शव परीक्षण प्रतिवेदन उपलब्ध गराउन त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, फरेन्सिक मेडिसिन विभाग, महाराजगन्जलाई पत्राचार गरी घटनाबारे अनुसन्धान प्रारम्भ गरेको आयोगले जनाएको छ।



सम्बन्धित
Loading...